मंसिर १३, काठमाडौँ । फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि प्रारम्भिक चरणको मतदानमा परम्परागत सुधारवादी फ्राँस्वा फिलोँले आफ्ना प्रतिद्वन्द्व अलाँ जुपेलाई पराजित गरेका छन । अमेरिकी शैलीमा भएको प्राथमिक चरणको निर्वाचनमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टी तथा उसका सहयोगी दलका तर्फबाट उम्मेदवार हुन पूर्व प्रधानमन्त्री ६२ वर्षीय फिलोँलाई नयाँ नेताको रूपमा समर्थन प्राप्त भएको छ । यस प्रारम्भिक चरणको निर्वाचनमा १० हजार २२९ मतदान केन्द्रमा मतदान भएको थियो र नौ हजार ९१५ मतदान केन्द्रमा खसेको मत गणना हुँदा फिलोँले ६६.५ प्रतिशत मत प्राप्त गर्नुभएको देखिएको छ । निर्वाचनपछिको आफ्नो दलको एक भेलामा मध्यमार्गी जुपेले पराजय स्वीकार गर्नुभएको थियो भने फिलोँले अब फ्रान्सले अधोगति नसहने र मुलुकले सत्य र क्रिया चाहेको बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७३