काठमाडौं : लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गीत ‘रसिलो त्यो मायाको बोलीमा’को भिडियो सार्वजनिक भएको छ ।
डिपी परिश्रमीको शब्द सिर्जना रहेको गीतमा दीपक शर्माको संगीत छ । यस गीतमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छिन् । समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय छ ।
सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।
हेर्नुस् भिडियो :
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६