काठमाडौं : चर्चित गायिका अञ्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत ‘चिम्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा डीपी खनालको शब्द, कृष्ण भारद्वजको संगीत रहेको छ भने रिकेश गुरुङको एरेन्ज रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको उक्त म्युजिक भिडियोमा नायिका वर्षा राउत र सुनिल क्षेत्रीको अभिनय रहेको छ ।
सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाई नवीन निरौलाले संपादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६