खार्तुम : लामो समय सुडानको सत्ता सम्हालेका सुडानका पूर्वराष्ट्रपति ओमार अल–बसिरको बहिर्गमनपछि विभिन्न स्थानमा भएका झडपका क्रममा १२ सुडानी सैनिकको मृत्यु भएको र १०० बढी घाइते भएका यहाँको सङ्क्रमणकालीन सैन्य परिषद्ले मङ्गलबार जानकारी गराएको छ ।
सुडानको सङ्क्रमणकालीन अवस्थामा देशमा कुनै पनि अस्तव्यस्तता हुन नदिनका लागि प्रमुख प्रतिपक्षी शक्तिहरूसँग परिषद्ले पुनः प्रतिबद्धता जनाएको छ ।
राजधानी खार्तुमस्थित सैनिक मुख्यालय अगाडि भइरहेको धर्नाका सहभागीलाई सेनाले हस्तक्षेप नगर्ने पनि परिषद्ले बताएको छ ।
सेनाले केही समय पहिले राष्ट्रपति बसिरलाई हटाई निर्वाचनमार्फत् आउने नेतृत्वलाई सत्ता हस्तान्तरण नहुँदासम्म देशमा शान्ति तथा अमन चयनको व्यवस्थाका लागि राजनीतिक जिम्मेवारी आफूले सम्हाल्ने बताएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६