काठमाडौं : नायिका श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि अचानक शल्यक्रिया गरिएको छ । उनले आफ्नो शल्यक्रिया सफल भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् ।
उनी आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका क्रममा लण्डन गएकी थिइन् । तर, केही दिनको शुटिङपछि अस्वस्थ भएकी थिइन् ।
उनले लन्डन जानुभन्दा केही दिन अगाडि पनि चिउँडो मुनिको भागमा दुखाई भएको र डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको उल्लेख गरेकी छन् ।
ट्युमर भएकाले डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बतापनि लन्डनमा फेरि समस्या दोहोरिर असह्य पीडा हुन थालेपनि चिकित्सकको सुझावमा शल्यक्रिया गरिएको जानकारी दिएकी छन् ।
लण्डनमा स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ दिल्ली ल्याएर शल्यक्रिया गरिएको हो । त्यहाँ डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको श्वेताले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
यद्यपि श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६