चार वर्षपहिले आजकै दिन गोरखा भूकम्पले मुलुकको जीवनलाई गम्भीर धक्का दियो । हजारौँले जीवन गुमाए, लाखौँले घरबार गुमाए, करोडौँले मृत्युलाई नजिकबाट साक्षात्कार गरे । त्यो हाम्रो नियति थियो, हामीले भोग्यौँ । न हामी त्यसबाट भाग्न सक्थ्यौँ न पन्छिन नै । विनासकारी भूकम्पले भौतिक क्षति त पुर्यायो नै त्यसभन्दा पनि ज्यादा त्यसले बाँचेकाहरूको जीवनमा गम्भीर मानसिक क्षति पुर्याएर गयो । मानिसहरू अब हाम्रो देश फेरि उठेर आफ्नो नियमित कर्ममा अगाडि बढ्छ कि बढ्दैन भन्ने निकै दोधारमा देखिन्थे ।
त्यस्तो बेला आफ्नो पीडाको रोदनलाई थाती राखेर आफ्ना आँशु पुछेर मान्छेहरू अरूको पीडा कम गर्न अरूका आँशु पुछ्न खुलेर निस्किए । प्रत्येक नेपालीले यस्तो महाविपत्तिमा म के सहयोग गर्न सक्छु भनेर सोचे र सोही बमोजिम गरे ।
जेजस्तो पीडा हामीले भोग्यौँ, देशले भोग्यो, त्यसको लेखाजोखा आफ्नो ठाउँमा छ । तर, जस्तोसुकै पीडामा पनि धैर्यधारण गर्ने र स्वतःस्र्फूत सहयोग गर्ने हामी नेपालीको बानीले भने हामीलाई आशाका किरणहरू देखाइरहेको थियो । महाभूकम्पको महापीडामा पनि त्यही भयो । मानिसहरू आफ्नो पीडाभन्दा अरूको पीडामा खुलेर मल्हम लगाउन रातोदिन खटिए । हाम्रो समाज सदियौँदेखि कसरी मिलेर बसेको छ, हामी कति एकताबद्ध छौँ भन्ने गतिलो उदाहरण विश्व जगत्लाई हाम्रो समाजले देखाइदियो ।
मान्छेहरू आफूसँग जे छ त्यही दिएर एकअर्काको पीडा कम गर्न कम्मर कसेर लागेका थिए । त्यस्तो बेला आफ्नो पीडाको रोदनलाई थाती राखेर आफ्ना आँशु पुछेर मान्छेहरू अरूको पीडा कम गर्न अरूका आँशु पुछ्न खुलेर निस्किए । प्रत्येक नेपालीले यस्तो महाविपत्तिमा म के सहयोग गर्न सक्छु भनेर सोचे र सोही बमोजिम गरे । जनताको स्तरबाट मात्रै होइन त्यस्तो एकता मुलुकका राजनीतिक दलहरूमा पनि त्यो देखियो । भूकम्पको महाविपत्तिमा रहेको मुलुकलाई फेरि उठाउनका लागि उहाँहरूले पनि एकताबद्ध भएर अभियान चलाउनुभयो । संविधान निर्माण क्रममा देखिएका दलहरूबीचको दूरीलाई पनि त्यो महाभूकम्पले छोट्याइदियो । जनताको जीवन र देशको दैनिकीमा आएको विपत्तिका अगाडि आफ्ना अडान केही होइनन् भन्ने ज्ञात दलहरूले तत्काल गरे र नेपाली जनताले संविधानसभाबाट संविधान प्राप्त गर्ने चाहनासमेत तत्काल पूरा भयो ।
त्यसरी विवाद र विमतिभन्दा पनि सहमति र एकताका माध्यमबाट जनतालाई राहत दिने, खुसी दिने कार्यमा सरकारदेखि राजनीतिक दलसम्म एकजुट भएका थिए । त्यति मात्रै होइन, प्रत्येक नेपालीले समेत महाविपत्तिमा रहेको देशलाई आफ्नो तर्फबाट के सहयोग गर्न सक्छु भनेर सोचे ।
सबै नेपाली जस्तै मैले पनि सुरुका दिन पीडामा रहेका जनताको घरदैलोमा राहत र उद्धारमा आफूलाई व्यस्त बनाए । दिनभर राहत र उद्धारमा खटिएर शरीर लखतरान भए पनि मेरो दिमागले रातभर सोचिरहेको हुन्थ्यो कि यस्तो महाविपत्तिको बेला व्यक्तिगत रूपमा मैले मुलुकलाई के गर्न सक्छु भनेर ।
एकातिर कार्यालय, कर्मचारी र सबै कुराको व्यवस्था गर्नु थियो भने अर्कातिर घरबारविहीन जनताको मनमा आशा जगाउनु थियो । जो पीडामा थिए, उनीहरूले सरकारले केही गर्ला, हाम्रो घर बनाइदेला भनी आशापूर्ण रूपमा बसिरहेका थिए । आगामी बर्खाअगाडि टाउको लुकाउने घर बनोस् भन्ने जनताको अपेक्षा अर्कातिर शून्यताबाट सुरु भएको संस्था । हो, यहीबीचको ग्यापलाई पूरा गर्दै अगाडि बढाउनुपर्ने चुनौतीको पहाडमा थिएँ म ।
आफू पेसाले इन्जिनियर मात्रै होइन भूकम्प जानुभन्दा अगावै पनि विभिन्न शहर निर्माणका सफल योजना कार्यान्वयन गरिसकेको व्यक्ति थिएँ । विपद् व्यवस्थापनका विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय सेमिनारमा विभिन्न अनुभवहरूको साटासाट मात्रै होइन विभन्न अनुभव समेत हासिल गरिरहेको थिएँ । हरेक पेसा र कर्ममा लागिरहेका हरकोही मानिसलाई देशले सेवा गर्ने अवसर दिन्छ । त्यो अवसरको पहिचान भने हामीले गर्न सक्नुपर्छ । सायद मलाई त्यो महाविपत्ति मातृभूमिलाई सेवा गर्ने अवसर हो भन्ने लाग्यो । मैले आफैँले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाको खाका बनाउनतिर लागेँ ।
कसरी जाने कस्तो सोच बनाउने समग्र पुनर्निर्माणको अवधारणा कस्तो हुनुपर्छ भन्ने सम्पूर्ण विषयहरू समावेश गरेर मैले अवधारणा पत्र तयार गरे । ज्ञानको दायरा फराकिलो बनाउन आफैँले मात्रै पुग्ने होइन । सिंगो मुलुकले भूकम्पपछिको पुनर्निर्माणको अवधारणा के बनाउने भन्ने अवधारणा मैले बनाउँदै थिए । त्यसैले मैले यससँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग समेत मिहिन ढंगले छलफल गरेर मैले अवधारणापत्र तयार गरेँ ।
हो आफूले तयार गरेको त्यही अवधारणा पत्र बोकेर म राजनीतिक दलदेखि विज्ञ र सरकारका सम्बन्धित निकायका बीचमा छलफल चलाउन लागिपरेँ । सबैसँगको छलफलबाट मैले आफ्नो अवधारणा पत्रमा केही परिस्कृत गर्ने अवस्था समेत बन्यो । लामो छलफल र बहस बाट तयार भएको भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी सोही अवधारणा मैले तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत प्रस्तुत गर्ने अवसर प्राप्त गरे । मेरो अवधारणाबाट उहाँ प्रभावित पनि हुनुभएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वका सन्दर्भमा चलेको लामो रस्साकस्सी र अड्कलबाजीका बीच मलाई नेतृत्व प्राप्त भयो । भूकम्प गएको आठ महिनापछि पुनर्निर्माण प्राधिकरण बन्यो र मैले पुस १२ गते बाट नेतृत्व लिए । मैले जिम्मेवारी लिँदा भूकम्प प्रभावितहरू राहत उद्धारकै पर्खाइमै थिए । मौसम मात्रै चिसो थिएन, भूकम्प प्रभावितहरूका मनहरू पनि निकै चिसो भइसकेका थिए । उनीहरू सरकारसँग लामो समयदेखि आशा गरिरहेका थिए । मलाई अहिले पनि याद आइरहेको छ, जतिबेला मैले पहिलोपटक यो प्राधिकरणको नेतृत्व लिन आइपुगेको थिएँ । जतिबेला शून्यतामा थियौँ । काम अगाडि बढाउन न हामीसँग कार्यालय थियो न कर्मचारी नै । म एकजना कार्यकारी अधिकृत र एकजना सचिवबाहेक बाँकी केही थिएन । त्यति मात्रै होइन, त्यति ठूलो विपत्ति हामीले पहिलोपटक भोगेका थियौँ । त्यस्तो संरचना पनि हामीले पहिलोपटक प्रयोग गर्दै थियौँ । बाँकी कोही पनि मानिसहरूसँग अब कसरी जाने ? के गर्ने ? भन्ने कुनै खाका योजना केही थिएन ।
मानिसहरू रनभुल्ल थिए । त्यो त्यस्तो अवस्था थियो, हामीले यदि त्यो बेला सही दिशा लिन सक्दैनथ्यौँ भने हामी गन्जागोलको अवस्थामा पुग्न सक्थ्यौँ । पुनर्निर्माण लथालिंग हुने अवस्था बन्थ्यो । त्यो मेरा लागि त जोखिम थियो थियो, त्यसभन्दा ज्यादा मुलुकका लागि भयावह अवस्था हुन्थ्यो । मेरा सामु आइपरेका ती तमाम चुनौतीहरूको सामना नेतृत्वका हिसाबले मैले सामना गर्नुपर्ने थियो । भनिन्छ नि, बाटो तय गर्नु निकै चुनौतीपूर्ण हुन्छ । बनाइसकेको बाटोमा हिँड्न त जसले पनि सक्छ । हो, मलाई त्यही बाटो बनाउने चुनौती थियो । सबै कुरा शून्यतामा भए पनि म निक्कै आत्मविश्वासका साथ त्यो जिम्मेवारी लिइरहेको थिएँ । किनकि मैले त्यसपूर्व राम्रोसँग होमवर्क गरेको थिएँ र मसँग आफैँले तयार गरेको स्पष्ट कार्ययोजना थियो । कहाँबाट सुरु गर्ने र कहाँ पुग्ने भन्ने प्रष्ट गुरुयोजना थियो ।
मैले जिम्मेवारी लिँदा भूकम्प प्रभावितहरू राहत उद्धारकै पर्खाइमै थिए । मौसम मात्रै चिसो थिएन, भूकम्प प्रभावितहरूका मनहरू पनि निकै चिसो भइसकेका थिए । उनीहरू सरकारसँग लामो समयदेखि आशा गरिरहेका थिए । मलाई अहिले पनि याद आइरहेको छ, जतिबेला मैले पहिलोपटक यो प्राधिकरणको नेतृत्व लिन आइपुगेको थिएँ । जतिबेला शून्यतामा थियौँ । काम अगाडि बढाउन न हामीसँग कार्यालय थियो न कर्मचारी नै । म एकजना कार्यकारी अधिकृत र एकजना सचिवबाहेक बाँकी केही थिएन ।
एकातिर कार्यालय, कर्मचारी र सबै कुराको व्यवस्था गर्नु थियो भने अर्कातिर घरबारविहीन जनताको मनमा आशा जगाउनु थियो । जो पीडामा थिए, उनीहरूले सरकारले केही गर्ला, हाम्रो घर बनाइदेला भनी आशापूर्ण रूपमा बसिरहेका थिए । आगामी बर्खाअगाडि टाउको लुकाउने घर बनोस् भन्ने जनताको अपेक्षा अर्कातिर शून्यताबाट सुरु भएको संस्था । हो, यहीबीचको ग्यापलाई पूरा गर्दै अगाडि बढाउनुपर्ने चुनौतीको पहाडमा थिएँ म । जे जस्तो चुनौतीबीचमा भए पनि हामीसँग नेतृत्वमा आउनुपूर्व मैले तयार गरेको स्पष्ट खाका थियो । त्यही अवधारणामा टेकेर हाम्रो टिमले माघ २ गतेबाट पुनर्निर्माणको अभियान सुरु गरेको थियो । हामीले कामको गुरुयोजना तयार गर्यौँ । सर्वेक्षणको काम कहिले सक्ने, अनुदान वितरणको काम कहिलेदेखि सुरु गर्ने लगायत सबै विषयको समयबद्ध कार्ययोजना अगाडि सार्यौं र काम अगाडि बढाउँदै गयौं ।
माघबाट सुरु गरेको अभियान असारसम्म आइपुग्दा सर्वेक्षणको काम सम्पन्न भइसकेको थियो र अनुदान वितरणका लागि सम्झौता गर्ने काम ११ जिल्लामा सम्पन्न गरेर काठमाडौँ जिल्लामा पुगेको अवस्था थियो । मलाई के लाग्छ भने जसरी हामीले यो महाअभियानको आरम्भ गर्यौं जे हामीले बाटो तय गर्यौं, त्यो नै सबैभन्दा महत्वपूर्ण विषय हो । त्यस्तो चपेटाबाट उठ्न हैटीले गरेको प्रयास विफल भएर गन्जागोल भएको असफल उदाहरण पनि हामीले देखिरहेका थियौँ ।
चुनौती के थियो भने दातृनिकाय गैरसरकारी संस्थाहरूलाई सहयात्री बनाउनु पनि उत्तिकै आवशयक थियो र उनीहरूको सहयकार्यलाई मिहीन ढंगले व्यवस्थापन गर्ने दायित्व पनि मुख्यरूपमा हाम्रा सामु थियो । भूकम्प पुनर्निर्माणको काम आरम्भ गर्दा अर्को चुनौतीपूर्ण काम के थियो भने सरकारले आफैँ प्रभावितका घर बनाइदिने या प्रभावित आफैँले बनाएर सरकारले सहयोग गर्ने । सरकारले दिने अनुदान रकम पनि जति दिने भनेको हो त्यति एकै किस्तामा दिने या किस्ताकिस्तामा दिने । त्यसरी किस्ताकिस्तामा दिँदा के आधारमा टेकेर दिने त्यो पनि निकै चुनौतीपूर्ण अवस्था हाम्रासामु थियो । यिनै विषयमा त्यतिबेला कैयन दिनसम्म संसद्समेत अवरुद्ध भएको थियो भने राजनीतिक दलहरूबीच मतैक्यता हुन सकेको थिएन ।
अन्ततः हामीले घर जनता आफैँले बनाउने सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने सहमति गर्यो । अनुदान रकम पनि एकैपटक होइन किस्ताकिस्तामा दिने । त्यो पनि पहिलो किस्ता लिइसकेपछि जग बनाउने र घर निर्माणको आधार तय गरेको प्रमाणित भएपछि मात्रै अर्को किस्ता उपलब्ध गराउने गरी सहमति गर्यो । मलाई लाग्छ हामीले लिएको त्यो निर्णय सायद संसारकै लागि नमुनायोग्य हुँदै छ । मलाई आज गर्व लाग्छ, फर्केर हेरिरहेको छु त्यतिबेलाको बहसलाई । यदि हामी एकैपटक तीन लाख अनुदान दिने मोडेलमा गएको भए गम्भीर आर्थिक विकृतिमा फस्ने थियौँ । देश ठूलो आर्थिक अपचलनमा जाने थियो । अन्तर्राष्ट्रिय स्तरमा हाम्रो साख गिर्ने थियो । त्यति मात्रै होइन हरेक परिवारमा कलह सिर्जना हुने थियो । न पैसा रहन्थ्यो न घर नै निर्माण हुन्थे । हामीले तय गरेको त्यो फ्रेमवर्क निजी आवासका निम्ति ठूलो फड्को हो । त्यही महत्वपूर्ण निर्णयका कारण हामी यति ठूलो सफलताको नजिक रहेका छौँ । हामी दावाका साथ भन्न सक्छौँ यति ठूलो स्केलको रकम व्यवस्थापन सहजै गर्यौं । एकएक पैसा पारदर्शी रूपमा जनताको हातमा मात्रै पुगेन जनताले सुरक्षित आवास पनि पाए ।
बीचमा सरकार परिवर्तनका कारण मैले जिम्मेवारीबाट बाहिरिनुपर्ने अवस्था आइलाग्यो । मैले आरम्भ गरेको अवधारणा र सोचका बीच नयाँ साथीहरू जो आउनुभयो उहाँहरूले केही समय त त्यो अवधारणा र त्यहाँ भइरहको कामको शैली बुझ्न नै समय लाग्यो । तर पनि हामीले तय गरेको मूल नीतिमा कहिल्यै पनि कसैले पनि फरक जाने अर्थात् पुनर्निर्माणको फरक अवधारणा ल्याउने विषय भने कसैले सोचेनन् । अहिले अनेककन चुनौती र व्यवधानका बीच जे उपलब्धि हामीले हासिल गर्दै छौँ, यसको सबैभन्दा ठूलो श्रेय भनेको त्यही हामीले बनाएको अवधारणा र लिएको नीति हो । लामो राजनीतिक संक्रमण, पुनर्निर्माणले गति लिइरहेका बेला देशले खेपेको नाकाबन्दी, त्यसपछि मुलुकमा सम्पन्न भएको निर्वाचन, स्मरण रहोस्, सो निर्वाचनमा स्वयं प्राधिकरणको तत्कालीन नेतृत्व समेत निर्वाचनमा होमिने अवस्था प्राधिकरणले भोगेको थियो । त्यसयता पनि हामीले कर्मचारी समायोजनका कारण केही समस्या भोगिरहेका छौँ ।
आज आएर पचास प्रतिशत घरको पुनर्निर्माण भइसकेको छ । निर्माण सम्पन्न भएका सकुसल घरहरूमा जनता ढुक्कले बसिसक्नुभएको छ । तीस प्रतिशत परिवारले घर धमाधम निर्माण गरिरहनुभएको छ । उहाँहरूले यही सिजनभित्र आफ्नो घर निर्माण गरिसक्ने बताइरहनुभएको छ । बाँकी २० प्रतिशत जनता घर बनाउने तयारीमा हुनुहुन्छ ।
अर्कातिर हामीले युवाहरूलाई तालिम दिएर तयार गथ्र्यौं । तर निरन्तरको विदेश पलायनले हाम्रो तालिमप्राप्त जनशक्ति समेत निरन्तर विदेश पलायन भइरहेको छ । म फेरि पनि जोड दिन्छु, हामीले अनेकन बाधा व्यवधान र समस्याहरूबाट गुज्रिनुपरे पनि प्राधिकरणले शून्यताका बखत मेरै नेतृत्वमा लिएको मूल नीतिमा कहिल्यै तलमाथि भएन । सोचमा बहस भएन मैरै कार्यकालमा लिएको नीतिकै आधारमा पुनर्निर्माणले गति लियो । हो त्यही भएर आज हामी सहज रूपले अवतरण गर्ने अवस्थामा आइपुगेका छौँ । स्पष्ट नीति र प्रष्ट योजना हुने हो भने अस्थितरताबीच पनि हामीले सोचे जस्तो उपलब्धि हासिल गर्न सक्दारहेछौँ भन्ने कुराको गतिलो उदाहरण पनि हो हाम्रो पुनर्निर्माण ।
आज आएर पचास प्रतिशत घरको पुनर्निर्माण भइसकेको छ । निर्माण सम्पन्न भएका सकुसल घरहरूमा जनता ढुक्कले बसिसक्नुभएको छ । तीस प्रतिशत परिवारले घर धमाधम निर्माण गरिरहनुभएको छ । उहाँहरूले यही सिजनभित्र आफ्नो घर निर्माण गरिसक्ने बताइरहनुभएको छ । बाँकी २० प्रतिशत जनता घर बनाउने तयारीमा हुनुहुन्छ । बस्ती विकासका क्षेत्रमा उल्लेख्य काम भएका छन् । तपाईंहरूले यतिबेला हाम्रा ग्रामीण बस्तीहरूमा व्यवस्थित र सुन्दर बस्तीहरू देखिरहनु भएको छ । हामीले सामूहिक बस्तीको अवधारणालाई पनि आम जनताको सहभागिता र सहकार्यमा मात्रै अगाडि बढाउने निर्णय लियौँ ।
भूकम्प प्रभावित क्षेत्रका एक पालिका एक व्यवस्थत बस्तीको अवधारणा पनि हामीले लिइरहेका छौँ । यस अन्र्तगत निरन्तर बस्तीहरू निर्माण भइरहेका छन् । र ती प्रभावित क्षेत्रका केही ऐतिहासिक बस्तीहरूको पुनर्निर्माणको मास्टर प्लान पनि निर्माण भइसकेका छन् । उपत्यका र बाहिर गरेर ६२ वटा यस्ता बस्ती निर्माण कार्य आरम्भ भइसकेका छन् । सरकारसँग मिलेर ती सबै बस्तीको मास्टर प्लान हामीले सुरु गर्छौं र बाँकी काम भोलिका दिनमा प्रदेश र स्थानीय तहले पूरा गर्छन् । त्यसका साथै सात सय ५३ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा ३० प्रतिशतभन्दा बढीको काम सम्पन्न भइसकेको छ भने बाँकी ३० प्रतिशतको काम भइरहेको छ । अन्य काम पनि योजनाबद्ध ढंगले अगाडि बढाउँदै जाने छौँ । विश्व सम्पदामा सूचीकृत सम्पदाहरू र सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणको कामले पनि निरन्तर गति लिइरहेका छन् । सम्पदाको पुनर्निर्माणले अन्यको तुलनामा केही समय बढी लिन्छ नै । किनकि यसको पुनर्निर्माण गर्दा मौलिकता र हाम्रो सांस्कृतिक पक्षलाई जस्ताको त्यस्तै बनाउनुपर्ने हुन्छ ।
शिक्षण संस्था पुर्ननिर्माणमा ५६ प्रशित काम सम्पन भइसकेको छ । करिब २९ प्रतिशतको काम भइरहेको छ । यही वर्षभित्र शतप्रतिशत काम भइसक्छ । स्वास्थ्य संस्थामा एक हजार एक सय ९२ वटा हो । त्यसमध्ये ५४ प्रतिशत सम्पन्न भइसकेको छ । १२ प्रतिशत काम भइरहेको छ । अरू काम योजनाबद्ध ढंगले अघि बढ्दै छ ।
हामीलाई उपलब्ध ६० महिनामध्ये हाम्रो दुई तिहाई समय सकिएको छ । अब हामीसँग एक तिहाई समय बाँकी छ । यसको मतलब २० महिना हामीसँग बाँकी छ । दुई तिहाई समय आधारहरू तय गर्ने लगायतका काममा बित्यो । यो संक्रमणको अवस्थाबाट गुज्रिएर काम भएको हो । अब राजनीतिक स्थायित्व भएको छ । त्यो स्थायित्वका साथ काम गर्दाखेरी यसले सम्पन्नतामा लैजाने आधार सिर्जना भएको छ । हामीले बाँकी रहेको २० महिनाको योजनाबद्ध कार्यतालिका समेत अगाडि सारिसकेका छौं । वित्तीय योजनाको खाका हामी बनाउँदै छौं । ५० प्रतिशत पुर्ननिर्माण र पुनर्स्थापनाको काम सम्पन्न भइसकेको छ । ३० प्रतिशत काम चालु अवस्थामा छ । सुरु गर्नुपर्ने काम २० प्रतिशत मात्र हो । त्यो पनि यो वर्ष सुरुवातको चरणमा लैजान हामीले काम थालिसकेका छौँ । यसैले म प्राधिकरणको नेतृत्वमा बसेर ढुक्कसँग भन्न सक्छु कि, हामी निर्धारित या भनौँ बाँकी रहेको समयभित्र यो काम सम्पन्न गरिसक्छौँ ।
यता शिक्षण संस्था पुर्ननिर्माणमा ५६ प्रशित काम सम्पन भइसकेको छ । करिब २९ प्रतिशतको काम भइरहेको छ । यही वर्षभित्र शतप्रतिशत काम भइसक्छ । स्वास्थ्य संस्थामा एक हजार एक सय ९२ वटा हो । त्यसमध्ये ५४ प्रतिशत सम्पन्न भइसकेको छ । १२ प्रतिशत काम भइरहेको छ । अरू काम योजनाबद्ध ढंगले अघि बढ्दै छ । आउँदो २० महिनामा यी काम सम्पन्न गर्न सक्छौं भन्नेमा म ढुक्क छु ।
पुरातात्विक सम्पदा पुनर्निर्माणले चाहिँ केही समय लिन सक्छ । हामीले हतार गरेर हाम्रो मौलिक संस्कृतिको जगेर्ना गरेर काम गर्नुपर्नेमा बिगार्नु हुँदैन । सम्पन्न ग¥यौं भनेर देखाउनका लागि गर्ने होइन । त्यसमा मिहिन ढंगले काम गर्नुपर्ने हुन्छ । विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदाको राम्रोसँग काम गर्नुपर्छ । गरिएन भने भोलि खतराको सूचीमा पर्न सक्छ । २० महिनाभित्र सम्पदा पुर्ननिर्माणको मूलभूत काम सम्पन्न गर्छौं । केही काम गर्दागर्दै बाँकी रह्यो भने सरकारका सम्बन्धित निकाय छन् । प्राधिकरणको समन्वयमा पुरातत्व विभागले काम गरिरहेको छ, त्योअनुसार जान सक्छ । काम समयमा सकिन्छ । त्यसका लागि सबैको साथ र सहयोग आवश्यकता छ ।
हामीसँग भएको यो ज्ञानलाई भावी पुस्तालाई हस्तान्तरण गर्न जरुरी छ । जुन ठाउँमा विपद् आउने सम्भावना छ, भत्केको छैन त्यस्तो ठाउँमा ज्ञानलाई बाँड्न सक्नुपर्छ । विशेष गरेर विपद् व्यवस्थापन प्राधिकरण बन्दै छ । त्योसँग नजिकमा बसेर काम गर्ने छौं । त्यसो गर्दा यहाँको ज्ञान त्यहाँ सार्ने अवस्था बन्ने छ । स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौं । विपद् व्यवस्थापनका धेरै काम स्थानीय तहबाट सञ्चालन गर्ने जिम्मेवारी संविधानले दिएको छ । अहिले हामीले गरेको शिक्षा, स्वास्थ्य, निजी आवासको काम भोलिका दिनमा स्थानीय सरकारले अगाडि बढाउने हो । त्यो सँगसँगै काम गर्नेबित्तिकै प्राधिकरणसँग अहिले भएको ज्ञान हस्तान्तरण हुने छ । यो दृष्टिकोणमा काम गरिरहेका छौं । संस्थागत मेमोरी संरक्षण गर्ने गरी । यसका साथै अन्तर्राष्ट्रिय तहको भूकम्प संग्रहालय र रिसर्च सेन्टर स्थापनाको प्रक्रिया समेत हामीले अगाडि बढाएका छौं । विपद् व्यवस्थापन र भूकम्प प्रतिरोधका समग्र क्षेत्रमा संसारलाई ज्ञान हस्तान्तरण गर्ने गरी निर्माण कार्य हामीले अगाडि बढाउन खोजिरहेका छौँ । हामी कसरी लड्यौँ र फेरि सम्हालिएर कसरी उठ्यौँ भन्ने कुरा हाम्रो भावी पुस्ता मात्रै होइन संसारलाई भन्ने छौँ ।
बाढी, पहिरो, भूकम्पलगायत विपद्को नियतिमा छौँ । यसलाई स्वीकार गर्नुपर्छ । तर, यी संरचनाहरूलाई बलियो बनाउनेबित्तिकै हामी यो नियतिलाई भोग्न सक्ने रहेछौँ । नेपालले यस्ता विपत्तिको सामना कसरी गर्ने कस्तो प्रविधि अवलम्बन गर्ने भन्ने अध्ययन गर्ने उद्देश्यले एउटा अनुसन्धान केन्द्र पनि निर्माण गर्ने योजना हामीसँग छ । अनुसन्धान केन्द्र स्थापनाका लागि विशेष गरी जापान सरकारसँग कुरा अघि बढाएका छौं । मलाई विश्वास छ, हामी अनुसन्धान केन्द्र पनि स्थापना गर्ने छौं । यो तरिकाबाट पुनर्निर्माणको समग्र काम पनि सम्पन्न गर्ने छौं । विपद् व्यवस्थापनलाई दिगो ढंगले अगाडि लैजाने अवस्था बन्ने छ ।
नेपालको पुनर्निर्माण विश्वका लागि नमुनायोग्य र अनुकरणीय कामका रूपमा पुनर्निर्माण सम्पन्न गर्ने ढंगले काम अघि बढेको छ । अन्तर्राष्ट्रिय समुदाय, स्थानीय जनता, नागरिक समाज, सञ्चार जगत् सबैको साथ र सहयोगमा मात्र हामी यति ठूलो उपलब्धि हासिल गर्ने चरणमा आइपुगेका छौँ । साथ र सहयोग गरिरहेको अन्तर्राष्ट्रिय समुदाय उत्साहित छ । हिजो दिएको रकममा पनि थप रकम कसरी दिने भन्नेमा उनीहरू छलफल गरिरहेका छन् ।
विकास निर्माण कुनै चमत्कार होइन, यसले समय लिन्छ । हामीले ग्रामीण भेगमा सुन्दर र सुरक्षित बस्तीहरू एकपछि अर्को हस्तातरण गरिरहेका छौँ । सुविधासम्पन्न विद्यालय भवनहरू ग्रामीण भेगका बालबालिकाले निरन्तर पाइरहेका छन् । पुनर्निर्माणको कार्यले शतप्रतिशत पूर्णता पाउन लागिरहेको सन्दर्भमा बाँकी रहेका केही प्रतिशत कामलाई देखाएर काम भएको छैन भन्ने प्रवृत्ति मैले यदाकता देखिरहेको छु । नकारात्मकता फैलाउन, बिगार्न, भत्काउन कहाँ समय लाग्छ र ? तर, हामी आग्रह गर्छौं, कुनै पनि विषयलाई यथार्थ बुझेर मात्रै धारणा बनाउन आवश्यक छ । हल्लाको पछि लागेर न देश बन्छ, न हामी जनता बन्छौँ ।
नेपालको पुनर्निर्माण विश्वका लागि नमुनायोग्य र अनुकरणीय कामका रूपमा पुनर्निर्माण सम्पन्न गर्ने ढंगले काम अघि बढेको छ । अन्तर्राष्ट्रिय समुदाय, स्थानीय जनता, नागरिक समाज, सञ्चार जगत् सबैको साथ र सहयोगमा मात्र हामी यति ठूलो उपलब्धि हासिल गर्ने चरणमा आइपुगेका छौँ ।
मलाई लाग्छ नेपालले पनि गर्न सक्छ, समयमै विकासको गति लिन सक्छ । अन्तर्राष्ट्रिय समुदायसँग इमानसाथ सहकार्य गर्न सक्छ । खर्बौं बजेट पारदर्शी ढंगले व्यवस्थापन गर्न सक्छ भन्ने कुराको गतिलो उदाहरण हो हाम्रो पुनर्निर्माण । त्यति मात्रै होइन पुनर्निर्माणका सन्दर्भमा हामीले लिएको नीति र अवधारणा शायद संसारकै लागि अनुकरणीय पनि छ । हामी अरूको मोडेल पछयाउँदैनौ मात्रै, नयाँ मोडेल स्थापित गरेर अरूलाई सिर्जनशील ज्ञान समेत बाँड्न सक्छौँ भन्ने उदाहरण हो हाम्रो पुनर्निर्माण । चार वर्षको अवधिमा अनेकौं चुनौती र बाधा व्यवधानका बीच जसरी पुनर्निर्माणले सफलता पाउने चरणमा प्रवेश गरेको छ, शायद यसरी लडेका विश्वका अन्य देशले यति छिटै उठेर फेरि सफलता हासिल गरेको उदाहरणसमेत धेरै कम पाउँछौ हामी । र म यत्ति भन्छु, जुन सहकार्य र सहभागिताका साथ हामी पुनर्निर्माणको काममा लाग्यौँ र जसरी सफलताको नजिक पुग्दै छौँ, हो ठीक त्यही सहभागिता र सहकार्यका साथ अघि बढ्ने र हामी सफल हुन्छौँ भन्ने सकारात्मक आत्मविश्वास साथ अघि बढ्यौँ भने समग्र मुलुकलाई पनि विकासको गतिमा लैजान सक्ने छौँ ।
(भूकम्प गएको चार वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६