काठमाडौं : चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकार गौरव पहाडी, अनु शाह, रवि गरी र सरोज खनाल छन् ।
मजदुरको कथा बोकेको चलचित्र २७ वैशाखबाट प्रदर्शनमा आउँदै छ ।
आरबी खत्री शरदको लेखन, निर्माण तथा निर्देशनमा बनेको चलचित्रलाई शान्ता ढकालले लगानी गरेका हुन् । सञ्जय महत्तो चलचित्रको कार्यकारी निर्माता छन् ।
चलचित्रमा नवीन निरौला र भरत रेग्मीको सम्पादन तथा राम केसीको छायांकन छ ।
भिडियो :
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६