बलिउड अभिनेता सलमान खान अविवाहित छन् । अभिनेत्री ऐश्वर्या रायको भने अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग विवाह गरेर एक छोरी पनि छन् ।
बलिउडका यी दुई चर्चित पात्र सलमान र ऐश्वर्या कुनै समय डेट्रिमा थिए । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । तर नटिकेको त्यही सम्बन्ध कहिलेकाँही चर्चामा आउने गरेको छ ।
यतिबेला फेरि यी दुई जना अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या रायको निकै पुरानो तस्विर भाइरल बनेको छ ।
तस्बिरमा सलमान र ऐश्वर्यासँगै बसेका छन् । ऐश्वर्याको हातमा चियाको कप देखिन्छ भने सलमान सँगै बसिरहेका छन् ।
सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट यी दुई प्रेम सम्बन्धमा थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६