काठमाडौं । टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले आज आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपाल ‘ए’को कप्तानी अनिल शाहले गर्नेछन् भने एनटी स्ट्राइकको नेतृत्व डार्सी सर्टले गर्नेछन्।
गत संस्करणमा नेपाल ‘ए’ एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।
नेपालले लगातार दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन लागेको हो। गत संस्करणमा नेपालले ६ खेल खेल्दा ४ खेलमा हार र २ खेलमा जित हात पारेको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३