दक्षिण कोरियाको एउटा पप संगीत समूह ब्ल्याकपिंकको भिडियोले सबैभन्दा छिटो १० करोड पटक हेरिएको कीर्तिमान बनाएको छ । ‘किल दिस लभ’ नामको भिडियो ६२ घन्टामा नै १० करोडभन्दा बढीले हेरेका हुन् ।
यो गीतले अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भंग गरेको छ । पहिलो दिनमा नै ५ करोड ६७ लाख पटक हेरिएको सो भिडियो हाल १३ करोड ३९ लाख पटक हेरिसकिएको छ ।
यो भिडियोले युट्युबमा सबैभन्दा बढी पटक हेरिएको भिडियोको कीर्तिमान पनि राखेको छ । यसअघि ओरियाना ग्रान्डेको थ्यांकयु नेक्स्टको नाममा यो कीर्तिमान थियो ।
सन् २०१६ मा निर्माण भएको ब्ल्याकपिंक समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् । सो समूहले सन् २०१६ को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो ।
हेर्नुहोस् भिडियो
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५