हङकङ ः अमेरिकी विदेश मन्त्रालयले भरखरै सार्वजनिक गरेको ’हङकङ नीति तथा ऐन वार्षिक प्रतिवेदन’मा चीनको केन्द्रीय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन निन्दा गरिएको भन्दै चीनले यसको विरोध गरेको छ ।
हङकङ विशेष प्रशासनिक क्षेत्रबारे अमेरिकाद्वारा अनावश्यक टिप्पणी गर्नु ठीक नहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले बताए ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङले हङकङ मातृभूमिमा समाहित भएपछि ‘१ देश २ व्यवस्था’, ’हङकङवासीद्वारा हङकङको प्रशासन’ भन्ने सिद्धान्तको व्यावहारिक कार्यान्वयन गरिरहेकाले कानुन आधारित हङकङवासीसँगको हक–अधिकार तथा स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिइरहेको बताए । चीन सरकारले अक्षरशः संविधान तथा आधारभूत ऐनको पालना गरिरहेको पनि प्रवक्ता कङले जनाएका छन् ।
प्रवक्ता कङले थपे, ‘वास्तविकताका वावजुद चीनको आन्तरिक मामिलाबारे चर्चा गरेको अमेरिकाले सार्वजनिक गरेको सो प्रतिवेदनमा चीनको केन्द्रीय सरकार तथा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारमाथि आधारहीन आरोप हो ।’ अमेरिकाले हङकङसम्बन्धी विषयमा होसियारीपूर्वक विचार राख्न उनले सुझाव दिए ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५