नयाँ दिल्ली ः भारतको राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा तापक्रम उच्च वृद्धि भएको छ । नयाँ दिल्लीसहित गुरुग्राम, फरिदावाद, नोइदा, घाजिआवादलगायत स्थानमा गत बुधबारसम्ममा सामान्य तापक्रम रहेकोमा गत ७२ घण्टामा अत्यधिक वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।
मौसम विभागले दिएको जानकारीअनुसार बिहीबार बिहानको तापक्रम ३१ डिग्री सेल्सियस थियो भने शुक्रबार बिहान अझ बढेर ३२ डिग्री सेल्सियस पुगेको थियो ।
मार्च महिनाको अन्त्यसम्ममा यस क्षेत्रको तापक्रम ३६ डिग्री सेल्सियस पुग्ने र अप्रिलको दोस्रो सातासम्ममा त्यो तापक्रम बढेर ४० डिग्रीसम्म पुग्न सक्ने अनुमान मौसमविद्हरूले गरेका छन् । तापक्रम वृद्धिसँगै वायुको गुणस्तर पनि कमजोर हुँदै गएको छ । दिनप्रतिदिन वायुको गुणस्तर खस्किँदै गएको अधिकारीहरूले जनाएका छन् ।
खस्किएको वायुको गुणस्तर र तापक्रमको वृद्धिले बालबालिका र वृद्धवृद्धालाई बढी असर पर्ने भएकाले यससम्बन्धी ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५