भारतमा कुम्भ मेला विशेष गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । यसअघि अबुधाबीकाे रेकर्ड तोड्दै
कुम्भ मेला विशेष ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरूले बिहीबार जनाएका छन् ।
यसअघि ३९० वटा बस लगातार सँगै गुडाएर अबुधाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।
भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरूलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।
युपिएसआरटीसीले सब राज्यका १८ वटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५