मोसुल ः इराकको उत्तरी सहर मोसुलमा भएको फेरी दुर्घटनामा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ ।
कुर्दिस नयाँ वर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
‘नागरिक सुरक्षा समूहले अहिलेसम्म ५४ जनाको शव भेटाएको छ, अरू उद्धार तथा खोजी कार्य जारी छ,’ एक अधिकारीले भने ।
मोसुलको पर्यटक व्यापारीक केन्द्रतर्फ परिवार तथा बालबालिका लिएर आइरहेको फेरी दुर्घटनामा परेको हो । उद्धार कार्य जारी रहेकोले यसबारे विस्तृत विवरण आइनसकेको बताइएको छ । घटनापछि धेरै व्यक्ति सम्पर्कमा आउन नसकेका र उनीहरूको मृत्यु भएको हुन सक्ने बताउँदै अधिकारीले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५