जेनेभा : जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख बढी व्यक्ति प्रभावित भएका छन् ।
संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारीअनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् ।
प्रारम्भिक विवरणमा प्रभावितहरूको संख्या एक लाख ५० हजार भए पनि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरूको संख्या बढेको देखिएको हो ।
डब्लुएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारीअनुसार जेनेभामा प्राप्त विवरणमा रातारात प्रभावितहरूको संख्या बढेको उल्लेख छ ।
मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले धेरै खराब अवस्था सिर्जना गरेको उनले बताए । जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ , उनले भने ।
जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरूको संख्या सयबाट बढेर १३९ पुगेको छ । राष्ट्रसंघले बाढीबाट प्रभावित भएकाहरूमध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ ।
सरकारी अधिकारीहरूले भने प्रभावितहरूको संख्या छ लाख पुगेको दाबी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए । उनले भने भयो, तर प्रभावितहरूको संख्या हामीले भने भन्दा अवश्य पनि बढिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५