नयाँ दिल्ली ः भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिएका हुन् ।
उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।
पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् । भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए ।
उनी गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहेका छन् । उनलाई स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५