Navigation
फोटो ग्यालरी
नेपाली सेनाले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,तस्वीरमा हेर्नुहोस
आजको न्युज
आजको न्युज सोमबार, पुस २७, २०७७

काठमाडौँ -राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा विगतमा जस्तै यस वर्ष पनि नेपाली सेनाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमहरुको आयोजना गरि भव्यरुपमा मनाएको छ । यस सन्दर्भमा पौष १८ गते देखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु संचालन गरिएका थिए ।

संचालित कार्यक्रमहरुमध्ये गोरखा-काठमाण्डौं एकिकरण मार्ग पदयात्रा उल्लेखनिय रह्यो जुन पौष २१ गते गोरखाबाट शुरु भई पौष २७ गते हनुमान ढोकाबाट हिमाली, पहाडी, तराई तथा काठमाण्डौंका नेवार समुदाय लगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरि राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाच सहितको सांस्कृतिक प्रस्तुतिकासाथ जङ्गी अड्डामा समाप्त भएको थियो ।

यसै गरी पौष २७ गते बिहानै चन्द्रागिरी, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जङ्गी अड्डाको छतबाट नेपाली सेनाका युनिटहरुले एकैसाथ रिभ्याली बजाएका थिए भने सोही दिन जङ्गी अड्डामा थप विशेष कार्यक्रमहरु संचालन भएका थिए । एकिकरण पदयात्रा जङ्गी अड्डामा आईसके पछी प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

तत्पश्चात जङ्गी अड्डाको अडिटोरीयममा इतिहासविद प्राज्ञ जगमान गुरुङ्गबाट श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पुर्‍याउनु भएको योगदान र सो बाट वर्तमान र भावी पिढिले राष्ट्र र राष्ट्रियताको लागि सिक्नुपर्ने/गर्नुपर्ने कर्तव्य लगायत एकिकरण अभियानका दौरान अपनाइएका विविध सैनिक पक्षहरुका बारेमा उपरथी सहदेव खड्काबाट प्रवचनको कार्यक्रम गरिएको थियो । यसै अवसरमा नेपाली सेनाबाट भविष्यमा प्रकाशन गर्न लागिएका तीन ऐतिहासीक पुस्तकहरु नेपाल एकीकरणको ईतिहास (वि.सं. १८०१ – १८७२) नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुतथा “ Nepali Army: A Glorious Past” बारेमा पनि जानकारी गराइएको थियो । हाल लेखनको क्रममारहेका यी पुस्तकहरु सेना दिवस २०७७ को अवसरमा विमोचन गर्ने योजना रहेको छ ।

यसै क्रममा अपरान्ह नेपाली सेनाको कल्याणकारी कोषबाट संचालित सबै सैनिक विद्यालयका बाल बालिकाहरु समावेश गरी नेपाली इतिहासका विविध पक्षहरुबारे हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको थियो जसमा बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम र रिपूमर्दिनि सैनिक माध्यमिक विद्यालय द्धितिय भएका थिए । विजयी मा समेत थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ