Navigation
फोटो ग्यालरी
पुरानै लयमा फर्किंदै पशुपति क्षेत्र,नौ महिनापछि देखियो यस्तो दृश्य (फोटोफिचर ) 
दशि राम थारु  
दशि राम थारु   बिहीबार, पुस २, २०७७  १७:२५

काठमाडौं- नौ महिनासम्म भक्तजनका लागि बन्द पशुपतिनाथ मन्दिर बुधवारबाट खुल्ला गरिएको छ। 

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । 

मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । 

हेर्नुहोस पशुपति मन्दिर क्षेत्रमा देखिएको भक्तजनको चहलपहल