Navigation
फोटो ग्यालरी
नायिका श्वेता खड्काको विवाह आज , यस्तो छ तयारी (फोटो फिचर) 
आजको न्युज
आजको न्युज सोमबार, मंसिर २२, २०७७  ११:२७

काठमाडौं– नायिका श्वेता खड्काको आज विवाह हुँदैछ । गोकर्ण रिसोर्टमा उनको विवाह हुन लागेको हो । दोस्रो विवाह गर्न लागेकी श्वेताको दुलाहा धनगढीका विजयेन्द्र रावत हुन् । 

विवाहस्थल गोकर्ण रिसोर्ट नै रिजर्भ गरेर श्वेताको विवाह हुन लागेको हो । त्यहाँ दुलहा र दुलही पक्षले राखेका क्यामराम्यानबाहेकलाई तस्बिर खिच्न पनि बन्देज लगाइएको छ ।

श्वेताले यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।