Navigation
फोटो ग्यालरी
चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौँमा (फोटो फिचर) 
आजको न्युज
आजको न्युज आइतबार, मंसिर १४, २०७७  १४:२३

काठमाडौँ – चिनियाँ रक्षामन्त्री जनरल वेईफेंग्हे काठमाडौँ आइपुगेका छन् । नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहितवेई काठमाडौँ आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् । 

केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने छन् । नेपाल भ्रमण सकेर उनी आजै फिर्ता हुनेछन् । भ्रमणका क्रममा फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।