Navigation
फोटो ग्यालरी
पुनर्निर्माण भैरहेको धरहराको केहि झलकहरु
आजको न्युज
आजको न्युज शुक्रबार, मंसिर १२, २०७७  १६:२३

काठमाडौं–२०७२ को भूकम्पले ध्वस्त बनेको ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माण कोरोना भाइरस महामारीबीचमै अघि बढिरहेको छ । पुरातात्विक महत्त्वको राष्ट्रिय सम्पदा धरहराबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्ने आम सर्वसाधरणको  चाहना अब छिट्टै पूरा हुने भएको छ ।

सन् १८३२ तत्कालीन राणा प्रधानमन्त्री भीमशेन थापाले आफ्नी रानी ललित त्रिपुरा सुन्दरीको खुशीका लागि धरहरा निर्माण गरिएको इतिहासको दस्तावेजमा उल्लेख छ । शुरुको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो ।

बिक्रम संवत २०७२ साल बैशाख १२ गते नेपालमा आएको भूकम्पले उक्त धरहराको सम्पूर्ण संरचना ध्वस्त बनाइदियो। ‘मेरो धरहरा मै बनाउँछु’ अभियान गोरखा भूकम्पको तेस्रो वार्षिकीको अवसरमा धरहराको भग्नावशेष्मा पुगेर २०७५ बैशाख १२ गते पुनः शुरु गरेका थिए । २०७७ साल भित्र धरहराको सम्पूर्ण संरचना निर्माण गरिसक्ने लक्ष्य सरकारको रहेको थियो। 

पुरातात्विक महत्त्वको राष्ट्रिय सम्पदा पुनर्निर्माणका लागि सरकारी र गैर सरकारी दुवै क्षेत्रबाट पहल भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो महिनाको ६१ हजार ८२० रुपैयाँ पुनर्निर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गर्दै धरहरा पुनर्निर्माण कार्यको सिल्यान्यास गरेका थिए ।

अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्रभित्र २२ तला हुनेछन् । तीमध्ये २० औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ ।

हेरौं पुनर्निर्माण भैरहेको धरहराको केहि झलक :