Navigation
फोटो ग्यालरी
 जङ्गी अड्डामा भारतीय सेनाध्यक्ष नरवणे (फोटो फिचर )
आजको न्युज
आजको न्युज बिहीबार, कात्तिक २०, २०७७  १४:५५

काठमाडौं – प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे जंगी अड्‍डामा आयोजित विभिन्‍न कार्यक्रममा सहभागी भएका छन् । 

उनले आज बिहान सैनिक मञ्‍चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै, उनले जंगी अड्‍डामा गरिएको सम्मान गारदको निरीक्षण पनि गरे । यसअघि उनले जंगी अड्‌डामा एउटा ओखरको बिरुवा रोपेका छन् ।

यसैबीच समकक्षी थापा र जनरल नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले प्रेसमार्फत जनाएको छ ।