Navigation
फोटो ग्यालरी
ढकमक्क मखमली फूल (फोटो फिचर) 
आजको न्युज
आजको न्युज सोमबार, कात्तिक १७, २०७७  १५:१५

काठमाडौँ । फूलैफूलको पर्व तिहार आँउदै छ ।  दशैँ सकिएपछि ढकमक्क फूलेको मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजुभाइ पूजा गर्न, सयपत्री–मखमली फूल नै प्रिय मानिन्छन्। 

भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुका स्थानीयवासीले बेच्नका लागि उनेर राखेको मखमली फूलको माला ।

तिहार पर्व नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा ढकमक्क फूलेको मखमली फूल टिप्दै किसान परिवार ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा ढकमक्क फूलेको मखमली फूल टिप्दै स्थानीय महिला ।