Navigation
फोटो ग्यालरी
 जुम्लाका किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)
आजको न्युज
आजको न्युज आइतबार, असोज १८, २०७७  १४:२५

 काठमाडौँ । किसानले ‘मानो रोपेर मुरी फलाउने’  धान खेती यति बेला उत्पादन भएका धान भित्र्याउन किसानलाई भ्याइ नभ्याई छ । जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान धान यसरी भित्र्याउँदै छन् । 

तस्विरः

हावा चलेपछि खेतमै धानको भुस सुपामार्फत छुट्याउँदै चन्दननाथ नगरपालिका – २ का लक्ष्मी कुमाई र अप्पसरा न्यौपाने ।

जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान मार्सी धान झारदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कम भएको कृषक बताउँछन् ।

जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान धान र पराल छुट्याएपछि परालको कुन्यू लगाउँदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कमी भएको कृषक बताउँछन् ।