Navigation
फोटो ग्यालरी
हेरौँ, देशको कथा बोल्ने तस्बिरहरू
आजको न्युज
आजको न्युज शुक्रबार, असोज १६, २०७७  १८:१७

काठमाडौँ । भनिन्छ, शब्दमा बयान गर्न नसकिने कुरा फोटोले बयान गर्छ । एउटा फोटोले हजार शब्दहरू बोलेको हुन्छ । हेरौँ आज देशभरका विभिन्न तस्बिरहरूस् 

त्रियाशीस्थित रेशम कीरा विकास कार्यालयमा पालिएका कीरा । रेशम धागो उत्पादनका लागि तयार पारिएका कीरा अन्तिम चरण (जीवनचक्र) मा पुगेपछि रेशम कृषकले बिउका लागि लैजाने गर्दछन् । त्रियाशीस्थित रेशम कीरा विकास कार्यालयमा पालिएका कीरा । रेशम धागो उत्पादनका लागि तयार पारिएका कीरा अन्तिम चरण (जीवनचक्र) मा पुगेपछि रेशम कृषकले बिउका लागि लैजाने गर्दछन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा शुक्रबार जम्मा भएको फोहर सङ्कलन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी । दिक्तेल बजार तथा आसपासका बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहर प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने गरिएको छ ।

ललितपुरको जावालाखेलमा शुक्रबार खाद्य संस्थान र साल्ट ट्रेड्रिङ्ग कर्पोरेशन लिमिटेडले चार्डपर्वलाई लक्ष्यित गरी खुलेको सहुलियत पसलमा उपभोग्य खाद्य सामग्री किन्दै उपभोक्ता ।

दाङको तुलसीपुर उपमहानगरपालिका– ४ स्थित बायखोलाका किसान मकै जोत्दै । मकै भित्र्याएपछि किसान अहिले खेत जोत्न व्यस्त छन् ।

काठमाडौँको कालीमाटीस्थित विष्णुमती नदी किनारमा शुक्रबार चङ्गा उडाउँदै बालक ।

उपचार खर्चको अभावमा ओछ्यानमै थलिएका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को रामग्राम–१७ का १७ वर्षीय छोटु सहानी । गत जेठ १२ गते आँपको रुखबाट खसेर गम्भीर घाइते सहानीको शल्यक्रिया भए पनि निको हुन सकेको छैन् ।

पाल्पा रामपुर नगरपालिका–९ स्थित जब्गादीमा पानी सङ्कलनका लागि बनाइएको घैँटा । गाउँमा पानीको अभाव पूर्ति गर्न यसरी घैँटा बनाएर सङ्कलन गर्ने चलन छ ।

पाल्पा रामपुर नगरपालिका–९ स्थित जब्गादीमा रामपुर आर्यभन्ज्याङ्ग सडकखण्डअन्र्तगत पहिरोको सडक छेउमा रहेका घर पहिरोको जोखिममा ।