Navigation
फोटो ग्यालरी
भक्तपुरकाे न्यातपोल मन्दिर
आजको न्युज
आजको न्युज मंगलबार, वैशाख ३, २०७६  २२:०४
न्यातपोल मन्दिर भक्तपुरको टौमडीमा रहेको मन्दिर हो । यसको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भुपतिन्द्र मल्लले गराएका हुन्। यस मन्दिरमा पाँच तल्लाहरू रहेका छन् । यस मन्दिर सिद्धीलक्ष्मीको मन्दिर हो । जुन देवीमा तान्त्रिक शक्तिको स्वरुपमा पनि लिइन्छ । विक्रम संम्बत् १७०१ देखि १७०२ ताका निर्माण गरिएको हो । यो मन्दिर जम्मा सात महिनामा निर्माण गरिएको मानिन्छ । यस मन्दिरको निर्माणका लागि छालिङ, जितपुर, बागेश्वरी, साँखु, झौखेल, चाँगु, गोकर्ण, पनौती आदि ठाउँका बासिन्दाहरुले पनि सहयोग गरेको उल्लेख गरिएको छ । उपत्यकाका राज्यहरुसँग राम्रो सम्बन्ध नरहेको अवस्थामा राजा भुपतिन्द्र मल्लले आफ्नो शक्ति प्रदर्शनको लागि छिटो भन्दा छिटो यस मन्दिरको निर्माण गरि भक्तपुरका सबै जनता तथा छिमेकी राज्यका राजाहरुलाई समेत भोजमा निमन्त्रणा गरिएको थियो । यस भोजमा लगभग २३ हजार जना मानिसहरुको उपस्थिति थियो जुन भक्तपुरका बासिन्दा भन्दा ४ दोब्बर हुन्थ्यो ।