काठमाडौँ । रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद फर्काउने प्रयास विफल भएको छ।
सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास विफल भएको हो।
न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो।
मेडिकल व्यवसायी प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो।
प्रकाशित मिति: बिहिबार, जेठ ११, २०८०, १२:०७:००