काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहाय प्रसाद यादवलाई मत नदिने भएको छ ।
राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो ।
रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९, १९:०७:००