काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ । काठमाडौं उपत्यकामा निजी सवारीसाधन चलिरहे पनि सार्वजनिक यातायातका साधन भने न्यून मात्र चलेका छन् ।.jpg)
काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा प्रभाव कम देखिए पनि उपत्यका बाहिरको आवतजावत कम भएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज रापकोटाले जानकारी दिए । बन्दका कारण अधिकांश शैक्षिक संस्थाहरू भने बन्द भए ।.jpg)
उपत्यका र उपत्यका बाहिरका शैक्षिक संस्था बन्द भएका छन् । आज बिहान थोरै मात्र सार्वजनिक यातायात चले । आज साँझ उपत्यकाबाट बाहिर जाने गाडीका टिकट भने राम्रै बिक्री भएकाले सवारीसाधन आवागमनमा सुधार हुने ट्राफिक प्रहरी महाशाखाले जनाए ।.jpg)
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार आज बिहान ज्यादै न्यून मात्र गाडी आवागमन हुँदा यात्रु मारमा परेका छन् ।.jpg)
.jpg)
तस्विर:- मुनाल केसी
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५