भोजपुर : भोजपुरको रामप्रसाद राई गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा बाह्र सयले सेवा लिएका छन् ।
रामप्रसाद राई गाउँपालिकाको आयोजना र कोसान नेपालको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको हो । गाउँपालिकाको वडा नं १ ओख्रेमा बिहीबार र शुक्रबार गाउँपालिका केन्द्र बैकुण्ठेमा गरिएको शिविरमा एक हजार दुई सय एक जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।
ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको सो शिविरमा ६३ जना महिलाको पाठेघरमा रिङ लागाइएको छ । त्यस्तै १७ जनाको पाठेघर स्क्रिनिङ गरिनुका १५ जनालाई अपरेसनका लागि सिफारिस गरिएको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित स्वास्थ्य शिविरमा संघीय सांसद् सूदन किराँती, प्रदेश सांसद् सौभाग्यवती राई, गाउँपालिका पदाधिकारी लगायतको सहभागिता थियो ।
दुई दिनसम्म चलेको शिवरमा वीर अस्पताल काठमाडांै, जिल्ला अस्पताल भोजपुर र स्थानीय स्वास्थ्य संस्थाका विशेषज्ञ स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५