काठमाडाैं : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक डा.आमोदकुमार पौड्याल नियुक्त भएका छन्।
त्रिविबाट विभाग गठन भएको पाँच महिना बितिसक्दा समेत केन्द्रीय विभाग प्रमुखको नियुक्ति प्रक्रियामा ढिलाइ भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन, महाराजगञ्ज मेडिकल क्याम्पसले तीन महिनासम्म डीन कार्यलय बन्द गरेका थिए ।
साथै नेपाल जनस्वास्थ्य संघले त्रिवि पदाधिकारीहरु तथा डीन कार्यालयलाई गम्भीर ध्यानाकर्षण गराएको थियो । स्वतन्त्र विद्यार्थी युनियन र डीन कार्यलयको सम्झौतापश्चात डीन प्रा. डा.जगदीश अग्रवालले त्रिविलाई विभागीय प्रमुखको निम्ति लिखित राय पेस गरेका थिए ।
जसअन्तर्गत प्राध्यापक पौड्याल जनस्वास्थ्य केन्द्रीय विभागको प्रथम प्रमुखमा नियुक्ति भएका हुन् । त्रिवि कार्यकारी परिषदले पहिलोपटक भदाै १७ गते जनस्वास्थ्य केन्द्रीय विभाग गठन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५