यस बर्षको एसईई परीक्षामा शतप्रतिशत एवम् उत्कृष्ट नतिजा ल्याउन सफल नेपालगञ्ज कारकाँदोस्थित स्प्रीङडेल एकेडेमी Learning Management System का माध्यमबाट डिजिटल शिक्षा प्रदान गरिरहेको उपत्यका बाहिरको पहिलो विद्यालय हो । अन्तर्राष्ट्रिय गुणस्तर प्रदान गर्ने उद्देश्यका साथ Low Fee High Achievement सहित अगाडि बढिरहेको बताउँछन् विद्यालयका प्रिन्सिपल शरद रावल । प्रस्तुत छ– प्रिन्सिपल रावलसँग एसईई नतिजा, विद्यालयका शैक्षिक गतिविधि र आगामी कार्ययोजनामा केन्द्रित रही आजको न्यूज डट कमका लागि नरेश न्यौपानेले गरेको कुराकानी :
यसबर्षको एसईईमा तपाईको स्कूलले ल्याएको नतिजाबारे बताइदिनुस् न ।
–वास्तवमा हामीले यसपालि हाम्रो लक्ष्य अनुरुपको सफलता हासिल गरेका छौं । हाम्रो मुख्य लक्ष्य यसबर्ष हाम्रो कुनैपनि विद्यार्थी B+ भन्दा तल झर्नु हुदैन भन्ने थियो । पूर्वानुमान जस्तै ५ जना विद्यार्थीले A+, १३ जना विद्यार्थीले A र ३ जनाले B+ ग्रेड ल्याएर सफलता प्राप्त गरेका छन् । यस नतिजाले विद्यालय परिवारलाई उत्साहित र थप जिम्मेवार बनाएको छ ।
यसरी लक्ष्य अनुरुपको सफलता प्राप्त गर्नु पछाडि के कारण छ ?
–यसमा खासगरि हाम्रो टिमले विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई हामीले हाँसिल गर्न चाहिरहेको सफलता पूरा गर्नेतर्फ कन्भिन्स गर्न सक्नु नै प्रमुख कारण हो जस्तो लाग्छ । हाम्रो शैक्षिक योजना मुताबिक उहाँहरुले आफूलाई गतिशील बनाइदिनुभयो । अर्काे चाहिँ, हामी अध्यापनका क्रममा Learning by Doing को प्रक्रियालाई बढी जोड दिने पनि गछौं । विद्यार्थीको आवश्यकतालाई नयाँ परिस्थितिबमोजिम विस्तार गर्ने र कुनैपनि आवश्यकता कमी हुन नदिने पढाइ सञ्चालन गछौं । अन्तर्राष्ट्रिय मापदण्ड मिट गर्ने खालको शिक्षा प्रदान गर्ने हाम्रो अभियानमा विद्यार्थी शिक्षक र अभिभावकको इमान्दार प्रयास नैं हाम्रो सफलताको कडी हो ।
अन्य विद्यालयभन्दा स्प्रिङ्गडेलको पढाइको शैलीमा केकस्ता कुराहरु फरक मान्न सकिन्छ ?
–हाम्रो मुख्य उद्देश्य अन्य विद्यालयसँग दाँजिएर भन्दा पनि आफ्नै योजना र उद्देश्य बमोजिम अगाडि बढ्ने हो । हामी सुरुमा विद्यार्थीलाई नपढी नहुने भावनाको विकास गछौं । त्यससँगै जे पढिन्छ, त्यसलाई उत्कृष्ट ढंगले पढ्नुपर्ने कुरामा प्रेरित गर्छौं । अधिकतम पढ्ने चाहनाको विकासले उनीहरुलाई नपढी नहुने र राम्रो पढ्नुपर्ने भावना पैदा गर्छ । केही समयदेखि हामीले राजधानीबाट अनुभवी शिक्षक ल्याएर हरेक शिक्षक र विद्यार्थीको अंग्रेजी शिक्षाको स्तर 6+ बनाउने अभियान थालिरहेका छौं । यो अहिले शिक्षकहरुमा केन्द्रित छ र विस्तारै विद्यार्थीलाई यसमा सहभागी गराइनेछ । हाम्रोे स्कूल बाँके जिल्लामै Optical Fiber जडान गरिएको पहिलो स्कूल हो । यसकारण पढाइको सन्दर्भमा हाम्रो अत्यधिक जोड डिजिटल शिक्षामा हुन्छ ।
स्प्रीङ्गडेलमा नयाँ विद्यार्थी भर्नाको मापदण्ड के रहेको छ ?
–हाम्रोमा भर्ना हुन चाहने नयाँ विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । परीक्षा घरमै बसेर दिने हो, स्कूल आउनु पर्दैन । परीक्षा निश्चित गरिएको समयमा घरमा अभिभावकसँगै बसेर दिने व्यवस्था छ । हामी परीक्षामा कसले कति नम्बर ल्यायो भन्दा पनि प्रवेश परीक्षामा सामेल हुने विद्यार्थीको प्रस्तुतिको मूल्यांकन गरेर भर्ना गर्ने गर्दछौं । हामीकहाँ विद्यार्थी भर्नाको कुनै असहजता छैन ।
एक अनुभवी शिक्षक भएको नाताले गुणस्तरीय शिक्षा कायम गर्न केके कुरामा ध्यान दिनुपर्ला ?
–केही त मैले माथि नै बताइसकेँ यद्यपि मेरो आजसम्मको शैक्षिक अनुभवको निष्कर्ष के हो भने अब हाम्रा विद्यालयहरुमा नयाँ प्रविधिको प्रयोग अनिवार्य भएको छ । आजको एक्काइसौं शताब्दीमा पुरानो शैक्षिक पद्धति बन्द गरिनुपर्दछ । समयानुकूल शिक्षाक्षेत्रमा सुधारको खाँचो छ ।
पढाइका अतिरिक्त विद्यार्थीको वृत्ति विकासमा स्प्रीङ्गडेलको भूमिका के रहन्छ ?
–विद्यार्थीको वैयक्तिक विकास पनि हाम्रो उच्च प्राथमिकतामा पर्छ । भर्खरै मात्र राजधानीको लिंकन स्कूलमा भएको राष्ट्रव्यापी स्वीमिङ्ग प्रतिष्पर्धामा हाम्रो विद्यालयका ९ जना विद्यार्थी सहभागी गराएका थियौं जसमा २ जना त अन्तिम चरणसम्म नै पुगे । दक्ष एवम् अनुभवी शिक्षक र सञ्चालकहरुको टिम भएकाले पनि हाम्रो उद्देश्य Low fee High Achievement रहेको छ । हामी आफूले पढाएको विद्यार्थी स्वाभिमानी, स्वावलम्बी र दक्ष बनोस् भन्ने चाहन्छौं ।
प्रकाशित मिति: शनिबार, असार ९, २०७५