काठमाडौं । २०८१ साल बैसाख ५ गते सिन्धुपाञ्लोचकको भोटेकोशी गाउंपालिकाले एउटा विशेष कार्यक्रमको अयोजना गर्यो । तातोपानी धाराहरुलाई व्यवस्थीति गर्न बनाइएको सुविधा सम्पन्न भवनहरुको उद्घाटन गर्ने साइतमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिकारुपमा निम्तयाइनुभएको थियो, नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एंव परराष्टूमन्त्री डा.आरजु राणा देउवा । देखिने गरि भवनहरुको उद्घाटन, राष्टिूय परिचयपत्रको वितरण र उत्तरी छिमेकी नाका तातोपानीको निरिक्षण जस्ता कार्यक्रम रहेको भएपनि यस मार्फत दिन खोजिएको सन्देश चाहीँ निकै अर्थपूर्ण रहेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एंव पूर्व मन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला समेत रहेको सिन्धुपाचोक जिल्लामा औपचारिक रुपमा डा.देउवालाई भावी प्रधानमन्त्रीकोे शुभकामना सन्देश दिइयो ।

भोटेकोशी गाउँपालिकाका तर्फबाट गरिएको औपचारिक सम्मानमा डा.राणालाई दिइएको सम्मान पत्रमा लेखिएको भाषाले आगामी दिनमा नेपालको राजनीतिलाई पक्कै पनि प्रभावित गर्नेछ । यतिबेला नेपाली कांग्रेस लामो समय देखि शेरवहादुर देउवाको नेतृत्वमा र निर्देशनमा चल्दै आएको छ । पार्टी र सत्ता दुवैतिर करिब १० बर्ष देखि निरन्तर हावी रहदै आउनु भएका सभापति देउवा धेरै छिटो आफ्नो दोश्रो कार्यकाल पुरा गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसको विधानले तेश्रोपटक सभापति बन्न बाटो छेकेको छ यद्धवी उहाँले संसोधन मार्फत त्यो बाटो खोल्न चाहे, रोक्ने ल्याकत कांग्र्रेसभित्र आजको दिनमा अरुको छैन । आजको दिन सम्म सभापति देउवाले आफ्नो उत्तराधिकारीका रुपमा कसैलाई अघि सार्नुभएको छैन भने संस्थापन इतरका तर्फबाट चाहीँ आगामी नेतृत्वका लागि तयारी थालिसकिएको छ । डा. शेखर कोइराला र गगन थापाले कांग्रेसको आगामी नेतृत्वका लागि आफुलाई अघि सारिसकेका छन् । गगन थापाले सभापतिको रुपमा मात्रै होइन प्रधानमन्त्रीकै रुपमा घोषित तयारी थालिसकेका छन ।
भावी प्रधानमन्त्रीका रुपमा गगन थापाले आफुलाई अघि सारिरहेको सन्दर्भमा डा आरजु राणा देउवालाई सिन्धुपाञ्चोकबाट प्रधानमन्त्रीका रुपमा अघि सारिएको छ । उत्तरी छिमेकी चिनसंग सिमा जोडिएको तातोपानी बाट घोषणा गरिएको यो सन्दर्भले नेपालको राजनीतिमा आगामी दिनहरुमा पक्कै रंग ल्याउने छ । भावी प्रधानमन्त्रीको धर्मपत्नी मात्रै होइन नेपालको राजनीतिमा लामो समय देखि प्रभावशाली व्यक्तिको छवि बनाउदै आउनुभएकी डा.देउवा, जो यतिबेला एक सफल परराष्टूमन्त्रीको रुपमा कार्यभार सम्हाली रहेकी छन । आफ्नै समउपस्थीतिमा भोटेकोशी गाउँपालिकाले दिन खोजेको सन्देशलाई स्वयम डा.देउवाले कसरी लिनुभएको छ त्यसबारे अहिले यसै भन्न नसकिएपनि त्यो घोषणा यतिकै कसैको रहर या हौसियर गरिएको घोषणा भन्दा पनि सोची सम्झी अघि सारिएको योजनाका रुपमा धेरैले बिश्लेषण गरेका छन् । सम्मान पत्रमा शिक्षा र समाज सेवाको क्षेत्रमा दक्षिण यसियामै उत्कृष्ट भुमिका खेलिरहेकी डा.देउवालाई आगामी दिनमा नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा अघि सारिएको छ । परराष्टूमन्त्रीका रुपमा यो देशको मान मर्यादा उच्चो बनाउन भूमिका खेलिरहेकी तपाईलाई भोटेकोशी गाउँपालिका आगामी दिनमा नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा हेर्न र देख्न चाहान्छ भन्ने बेहोरा सम्मान पत्रमा उल्लेख गरिएको छ ।

यो सम्मानपत्र दिदै गर्दा छेउमै साक्षीको रुपमा रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेत स्वयंम नेपाली कांग्रेसको संस्थापन पक्षका एकजना प्रभावशाली नेताका रुपमा रहेका छन् । खासगरि डा.देउवासंग पारिवारिक सम्बन्ध समेत रहेका बस्नेत सभापति देउवालाई सुरुदेखि बलियो साथ दिने नेताका रुपमा परिचित रहनुभएको छ । काग्रेसभित्र कोइराला पक्षको दवदवा रहेका बेला समेत बस्नेतले देउवा पक्षलाई बलियो बनाउन निरन्तर भूमिका खेलेका थिए । सिन्घुपाञ्चोक कांग्रेसमा एकछत्र २० बर्ष नेतृत्व गरेका बस्नेत यतिबेला एकजना प्रभावशाली केन्द्रीय सदस्यको रुपमा संस्थापन पक्षको बलियो पिलरका रुपमा रहेका छन् । देउवाले भरोशा गर्ने थोरै नेताहरु मध्ये पर्ने बस्नेतले समेत आफ्नो सम्बोधनमा त्यो शुभकामना भोटेकोशी गाउँपालिकाको मात्रै नभई सिंगो सिन्धुपाञ्चोकको भएको भन्ने घोषणा गरेपछि यो सोचि सम्झी चलिाएको पाइलाका रुपमा बुझ्न धेरै कठिन छैन ।
भावी प्रधानमन्त्रीका रुपमा आफुलाई दिइएको शुभकामनाका लागि धन्यवाद मात्रै भनेकि डा.देउवाले त्यहाँ चाहीँ तातोपानी नाका पूनः व्यवस्थीत गराउन भुमिका खेल्ने देखि त्यस क्षेत्रको भौतिक विकासमा गंभिर चासो दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्धवान व्यक्तिको छवी निर्माण गरेकी डा देउवालाई सामाजिक क्षेत्रमा झै राजनीतिमा पनि एक सफल व्यक्तिको रुपमा आफुहरुले हेरिरहेको र देशको पहिलो महिला प्रधानमन्त्रीको रुपमा यात्रा नजिक रहेको कांग्रेस नेता बस्नेतले त्यो कार्यक्रममा घोषणा गर्नुभएको थियो । भोटेकोशी गाउँपालिकाको निमन्त्रणा भएपनि डा. देउवालाई त्यहाँ उपस्थीत गराउने देखि भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने सबै चाजोबाजो पूर्वमन्त्री बस्नेतको योजनामा भएको सजिलै बुझ्न सकिन्थ्यो । दर्जनौ मिडियाहरुका सामु देशको पहिलो महिला प्रधानमन्त्रीका रुपमा डा.देउवालाई अघि सार्ने यो कार्य संस्थापन पक्षको योजनबद्ध रणनीतिका रुपमा पनि बुझिएको छ ।

देखिने गरि भुमिका निर्वाह नगरेको भएपनि सामाजिक सञ्जाल मार्फत आफुलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिरहेका गगन थापालाई नेता बस्नेतले निरन्तर प्रहार गरिरहेका छन् । बस्नेतका अनुसार सधै आत्मकेन्द्रीत रहने थापा सबै नेताहरुलाई प्रयोग गरिरहेका छन् । निरन्तर आफुलाई केन्द्रभागमा राखेर हिडिरहेका थापाले कांग्रेसको हितमा भन्दा पनि आफ्नो हितमा मात्रै बोल्ने गरिरहेको नेता बस्नेतले टिप्पणी गर्ने गर्नुभएको छ । थापाको यो हतारोलाई रोक्न पनि नेता बस्नेतले सस्थापन समूहका तर्फबाट नयाँ योजना अघि सारिरहेको हुनु सक्ने देखिएको छ । स्वभाविक रुपमा देउवाले सके तेश्रो कार्यकालका लागि सभापतिको रुपमा आफुलाई अघि सार्ने नसके धर्मपत्नी डा.देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरि आफ्नो समूहको व्यवस्थापन गर्ने काग्रेसलाई नजिकबाट बुझिरहेका विश्लेषकहरुको बुझाइरहेको छ । यदि साच्चिकै देउवाको चाहना त्यस्तो भए त्यो असम्भव नभएको देखेरै देउवाका अति विश्वासपात्रका रुपमा रहेका नेता बस्नेतले आफ्नै गृह जिल्लामा लगेर डा. देउवालाई भावी प्रधानमन्त्तीका रुपमा अघि सारेका छन् ।
कति सम्भव छ डा.आरजु प्रधानमन्त्री बन्न ?
राजनीतिमा असम्भव भन्ने केहीपनि छैन । डा.आरजु राणा देउवा यसअघि सत्ताको केन्द्रमा आफै सहभागी नभएपनि नेपालको राजनीतिक उतारचढावको प्रत्यक्ष साक्षी हुनुहुन्छ । २०४८ साल देखि आज सम्म नेपाली राजनीतिको केन्द्रभागमा रहेका शेरवहादुर देउवाको धर्मपत्नीका रुपमा मात्रै होइन एकजना बिद्धवान व्यक्तिका रुपमा लामो समय देखि नेपालको सामाजिक र शिक्षा क्षेत्रमा योगदान गर्दै आउनु भएको छ । सामाजिक क्षेत्रमा अगुवाई गर्दै गर्दा सबै जसो राष्टिूय तथा अन्तराष्टिूय फोरमहरुमा नेतृत्वदायी भूमिका खेलिसक्नुभएकी डा. देउवालाई राजनीतिक बिषय पनि नौलो थिएन । नयाँ सबिधान निर्माणको छेकोमा सबिधान सभामा प्रवेश गरेर सबिधान निर्माणका लागि भुमिका खेलिसकेकी डा. देउवालाई सरकारका महत्वपूर्ण नियुक्ती र कामहरुमा चासो खेल्ने गरेको भन्दै बिबादीत पनि बनाउने काम भइरहेको थियो । पत्नी देउवालाई बदनाम गराएर शेरवहादुर देउवालाई समेत बिबादमा तान्न बाहिर बाट भन्दा नेपाली कांग्रेस भित्रैबाट केही व्यक्तिहरु लामो समय देखि सक्रिय रहेको देउवा पक्षका एक जना नेताको बुझाइ रहेको छ । तर जसै यसपटक डा. देउवा परराष्टूमन्त्रीका रुपमा सरकारमा सहभागी हुनुभयो तव सबै बिरोधीहरुको बोली बन्द गर्ने गरि आफ्नो काममा सफल हुँदै जानुभयो । एकपछि अर्को कार्य सफल गर्दै आउनुभएकी डा.देउवाले परराष्टूूमन्त्रीका रुपमा महत्वपूर्ण भूमिका खेलिरहेको दुनियाँबाट छिपेको छैन । डा. देउवाको सफलताबाट यसअघि उहाँलाई बिबादमा ल्याउन षडयन्त्रको तानाबाना बुनिरहेकाहरु छटपटाइरहेका पनि देखिन्छन ।
सरकारमा पहिलो सहभागीतामै सफल मन्त्रीको रुपमा राष्टिूय तथा अन्तराष्टिूय मंञ्चहरुमा आफुलाई उभ्याईरहेकी डा. देउवाका लागि देशको पहिलो महिला प्रधानमन्त्री बन्नु त्यति असंम्भव बिषय होइन । अन्तराष्टिूय विश्वबिद्यालयहरुमा प्राप्त गरेको शैक्षिक योग्यता, राजनीतिमा लामो अनुभव मात्रै होइन नेपाली कांग्रेसमा देउवाको बढ्दो प्रभाव यी सबै कारणहरुले डा. देउवालाई साच्चिकै नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा हेर्न सकिने आधारहरु रहेका छन् । त्यसका बाबजुत डा. देउवाले त्यो शुभकामनालाई साच्चिकै अर्थपूर्ण बनाउका लागि केही काम गर्नै पर्ने हुन्छ । संसदको अर्को कार्यकालमा मात्रै सम्भव हुन सक्ने यो बिषयका लागि सबैभन्दा पहिले प्रत्यक्ष चुनाव जितेर आउनुपर्नेछ भने दोश्रो कुरा बिगतका बर्षहरुमा जवरजस्त निर्माण गरिएको उहाँको नकारात्मक छवीलाई सकारात्मक बनाउन उपयुक्त योजना सहितको गृहकार्य । संस्थापन पक्षका नेताहरुका लागिपनि आफ्नो तर्फबाट पार्टी र सत्ताको नेतृत्व गरिरहन यो उपयुक्त कार्ड हुनु सक्छ । धेरैजनाले सभापतिको रुपमा आफुलाई उभ्याएको भएपनि सभापति शेरवहादुर देउवाको सहयोग र समर्थन बिना त्यो सम्भव हुने छैन । यी सबै तथ्यहरुलाई मध्यनजर गरेरै कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतले यसरी आफ्नै गृहजिल्लामा डा.देउवालाई लगेर देशको पहिलो महिला प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन । बस्नेतको योजना र सिन्धुपाञ्चोकले दिएको शुभकामनाले धेरै छिटो नेपालको राजनीतिमा बहसको सिर्जना गर्नैनै छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२