२१ माघ, काठमाडौँ । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् । स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ । बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३