काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँमा कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३