२ फागुन, काठमाडौँ । एएफसी सोलिडारिटी कप फुटबल जितेको नेपाली टीमका खेलाडी जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मानित भएका छन । सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार एक कार्यक्रम गरी खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । उपाधि जिते लगत्तै जनही तीन लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको सरकारले झण्डै साढे ३ महिनापछि सोमबार खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा लाओसलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७३