काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार (असोज १६) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।
शुक्रबार नेप्से परिसूचक ११.९० अंक अर्थात् ०.४५ प्रतिशतले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन बिहीबार नेप्से ०.२६ अंक अर्थात् ०.०१ प्रतिशतले बढेर २५९९.१५ विन्दुमा बन्द भएको थियो ।
यस दिन ३५६ कम्पनीका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन् । कुल कारोबार रकम ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार ४३ हजार ६८५ पटकको कारोबार भएको थियो ।
शुक्रबार ६१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यस दिन सबैभन्दा बढी कमाउने कम्पनीमा एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/९०, एसबीएल डिबेञ्चर, माण्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र एनआईबीएल ग्रोथ फन्ड रहेका छन् ।
यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा सिन्धु विकास बैंक, धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, एपोलो हाइड्रोपावर र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज रहेका छन् ।
उपसमूहतर्फ म्युचुअल फन्ड र ट्रेडिङ इन्डेक्स बढेका छन् भने बाँकी सबै उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३