काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ ।
यस दिन ३५९ स्क्रिप्सका ९० लाख ३ हजार ३८८ कित्ता सेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँमा कारोबार भएका छन् ।
कारोबारमा आएका कम्पनीमध्ये ३२ वटाको सेयर मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बजार दोहोरो अंकले घटे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य भने सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा घलेमादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल र शिवम् सिमेन्टको ८–८ करोड तथा हिमालयन डिस्टिलरी र पिपुल्स हाइड्रोपावरको ७–७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
उपसमूहतर्फ ट्रेडिङबाहेक सबै समूहका उपसूचक घटेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३