काठमाडौं । सुनको मूल्य तोलामा २९ सय र चाँदी ६० रुपैयाँले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ पुगेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ थियो ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३