२० माघ, काठमाडौँ । भारत कर्नाटकको कोप्पलमा भएको सडक दुर्घटनाका घाइतेको समयमै उद्धार र उपचार हुन नसक्दा ज्यान गएको छ । साइकलमा बजार गइरहेका १८ वर्षका अनवर अलीलाई बसले ठक्कर दिँदा सडकमै लडिरहेका थिए । घाइते भएका उनी उद्धारका लागि चिच्याइरहेका थिए तर मद्धतमा जानुभन्दा मानिसहरु मोबाइलमा भिडियो बनाउन व्यस्त थिए । बिबिसीका अनुसार नजिकैको अस्पतालमा लैजानुभन्दा अघि उनी झण्डै २५ मिनेटसम्म सडकमै तड्पिएका थिए । उनी रगतले लत्पतिएका थिए र बचाइदिन आग्रह गरिरहेका थिए ।
उनी सडकमा घाइते भएको भिडियो अहिले भाइरल भएको छ । भिडियोमा प्रष्ट सुनिन्छ मानिस उनलाई बचाउन भन्दा अनेक कुरा गरिरहेका थिए । सरकारी बसले ठक्कर दिएका कारण उसको मद्धत गर्दागर्दै ज्यान गएमा लफडा हुने उनीहरु बताइरहेका थिए । स्थानीय प्रहरीका अनुसार बुधबार बिहान साइकलमा बजार गइरहेका अनवर अलीलाई बसले ठक्कर दिएको हो । समयमै मद्धत मिलेको भए ज्यान बच्ने भन्दै उनले भने ‘तर मानिसहरु फोटो खिच्न र भिडियो बनाउनमै व्यस्त थिए ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७३