काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूले मनोनयन फिर्ता लिन वा सच्याउन बुधबार दिउँसो २ बजेसम्मको समय पाएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता, मनोनयनमा भएको त्रुटि सच्याउन निवेदन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए दाबी गर्न सकिने समयसीमा तोकेको हो ।
निर्वाचन समितिले बुधबार नै १५औँ महाधिवेशनका उम्मेदवारको प्रथम नामावलीसमेत सार्वजनिक गरेको छ । सार्वजनिक नामावलीअनुसार विभिन्न पदमा ८०९ जनाको उम्मेदवारी परेको छ ।
सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले तोकेको समयभित्र उम्मेदवारी फिर्ता वा सच्याउने प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३