२१ माघ, काठमाडौँ । म्यानमारका राष्ट्रपति उ टिन क्याव चार दिने सद्भाव भ्रमणको क्रममा शुक्रबार कम्बोडिया पुग्नु भएको छ । गत वर्षको मार्च महिनामा पदभार ग्रहण गरेपश्चात् राष्ट्रपति क्यावको यो पहिलो कम्बोडिया भ्रमण हो । शनिबार बिहान प्रधानमन्त्री निवास–पिस प्यालेसमा राष्ट्रपति क्याव र कम्बोडियाली प्रधानमन्त्री साम्देक टेको हुनसेनकाबीच द्विपक्षीय हितका विषयमा वार्तालाप हुने कार्यक्रम रहेको छ । प्रजातन्त्रवादी विश्वप्रसिद्ध नेत्री आङ सान सुकीको अध्यक्षतामा रहेको सत्तारुढ दल – नेसनल लिग फर डेमोक्र्यासीका एक हस्तीका रुपमा रहनुभएका उ टिन क्याव गत वर्षको मार्च महिनामा म्यानमारको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७३