काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३