१४ माघ, काठमाडौँ । सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो । बैठकले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञको रूपमा त्रिविका पूर्वशिक्षाध्यक्ष डा महेन्द्र सिंहलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले आगामी वर्ष काठमाडौँमा आयोजना हुने विमस्टेक बैठकमा आतिथ्यको प्रबन्ध नेपालले गर्ने निर्णय गरेको छ, तर बैठकको मिति र स्थान भने खुलाइएको छैन ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७३