१२ माघ, काठमाडौँ । उत्तरी नाका रसुवागढीबाट अवैधरुपमा सुन भित्रिन थालेपछि थप सतर्कता अपनाइएको छ । जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनुभयो ।
फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ । प्रहरीले अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७३