काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ४ दशमलव ६६ अंकले बढेर २ हजार ५४२ दशमलव ७७ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ३१ अंकले बढेर ४४९ दशमलव ५० अंकमा पुगेको छ ।
त्यस्तै, फ्लोट परिसूचक ० दशमलव १५ अंकले बढेर १७४ दशमलव ३५ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ० दशमलव १२ अंकले बढेर १५१ दशमलव ७३ अंकमा पुगेको छ ।
आज विभिन्न कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा १३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूह घटेको छ । आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खुवा हाइड्रोपावर कम्पनी र आशा लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस्तै, पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३