११ माघ, काठमाडौँ । छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ । यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन् । सो हिमपहिरो गएको छ दिन पछाडि पनि कोही व्यक्तिको जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने कोसिस जारी रहेको बताइएको छ । यद्यपि होटेलमा हिमपहिरोले पुरिएका करिब ११ व्यक्तिलाई जीवितै उद्धार गरिएको अधिकारीहरुले गत शनिबार नै जानकारी दिएका थिए । बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म गएको भूकम्पपछि विशाल हिमपहिरो गएको र त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७३