११ माघ, रसुवा । रसुवाको कालिकास्थानमा भिबोर सोसाइटी विकास बैंकको ४४ औँ शाखा सञ्चालनमा आएको छ । यसअघि रसुवाकै धैबुङमा बैंकले ४३ औँ शाखा विस्तार गरिसकेको बैंकका सञ्चालक हरिप्रसाद रिमालले जानकरी दिनुभयो । बैंक स्थापनापछि स्थानीयवासीलाई बैंकिङ कारोबारमा सहज भएको छ ।
माघ ७ गते बैंकको शाखा विस्तारलगत्तै पहिलो दिनमै एक सय ६४ जनाले नयाँ खाता खोली रु ६४ लाख रकम बचत गरिसकेका छन् । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गर्नुभएको थियो । बैंकले नुवाकोटका देवीघाट र ढिकुरेमा समेत शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७३