विराटनगर । भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरस्थित शिक्षादीप कलेजले १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
कलेजले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली तथा विद्यार्थीहरूले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।
बाढी प्रभावितका लागि कलेज र विद्यार्थीको पहलमा राहत सहयोग जुटाइएको अध्यक्ष पराजुलीले बताए।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३