काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार कागतीको थोक मूल्य प्रतिकिलो औसत ९५ रुपैयाँले बढेको हो।
मंगलबार कागती प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँ र औसत २७५ रुपैयाँमा कारोबार भएको थियो।
बुधबार भने कागतीको मूल्य प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि अधिकतम ४०० रुपैयाँ पुगेको छ। औसत मूल्य ३७० रुपैयाँ कायम भएको समितिको तथ्यांकमा उल्लेख छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३