काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ११० रुपैयाँले बढेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०६ दशमलव ५३ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६५ दशमलव ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३